माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा भट्ट
२०७८ चैत्र ३, ०८:३९
कञ्चनपुर: नेकपा (माओवादी केन्द्र)को कञ्चनपुर जिल्ला इन्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका भट्टलाई इन्चार्जको समेत जिम्मेवारी दिइएको हो।
शुक्लाफाँटा नगरपालिका–१० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेका छन्। यसअघि उनी संविधानसभा सदस्यसमेत निर्वाचित भएका थिए।
कमेन्ट लोड गर्नुस