चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
सप्तरीः चोरी मुद्दाका फरार प्रतिवादी राजबिराज नगरपालिका(६ बस्ने २५ वर्षीय श्याम बाबु साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत सप्तरीको २०७६ जेठ १५ गतेको फैसलाले उक्त मुद्दामा १ महिना ४ दिन कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनको खोजी गर्ने क्रममा आफ्नै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ।