पर्सामा ६५ किलो गाँजा बरामद
वीरगञ्ज: पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको छ। बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।
राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोलातर्फ आउँदै गरेको पाँच–६ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले जनाएको छ। तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेका सशस्त्र प्रहरीले जनाएको छ।