सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग निवारण हुन सकेन्

आज कुष्ठरोग दिवस

२०७५ माघ १३, १०:३७ रोशन भट्ट

आज कुष्ठरोग निवारण दिवस सुदूरपश्चिममा पनि मनाईदैछ । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग सम्बन्धी विभिन्न कार्यक्रम संचालन भएपनि कुष्ठरोग निवारण हुन सकेको छैन्। लामो समय देखी कुष्ठरोग निवारण गर्नको लागि स्वास्थ्य मातहतका विभिन्न संघसंस्थाले कार्यक्रम संचालन गरेपनि निवारण हुन नसकेको हो। कुष्ठरोगी पत्ता लाग्ने दर वृद्धि हुदै गएपछि नियन्त्रणमा चुनौती पनि थपिदै गएको छ। प्रति हजार जनसंख्याको एक प्रतिशत भन्दा कम भयो भने यस्लाई निवारण भएको मानिन्छ। तर सुदूरपश्चिमका केहि जिल्लाहरुमा निवारण भएको भनिएपनि सम्पुर्ण प्रदेशमा भने निवारण हुन सकेको छैन्। पछिल्लो वर्षहरुमा झन कुष्ठरोगी पत्ता लाग्ने दर वृद्धि हुदै गएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यङकले देखाएको छ। 

सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीहरु खुलेर उपचार गर्न नआउँदा कुष्ठरोग निवारणमा गर्नमा झन चुनौती थपियको हो। पछिल्लो तीन वर्षको तथ्याङक हेर्दा प्रत्यक वर्ष कुष्ठरोगीको संख्यामा बृद्धिहुदै गएको छ। कुष्ठरोग सांस्कृतीक कुराहरु संगपनि जोडिएकाले यस्लाई निवारण गर्न झन समस्या हुने गरेको छ। सबै नगरिकमा यो रोग लागेको सहजै पत्ता लाग्न नसक्ने हुदा पनि यस्को निवारण हुन नसकेको ुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेद्र सिंह कार्कीले बताए। 

सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमको २८ लाख २५ हजार ६ सय ७६ जनसंख्या रहेकोमा आर्थिक बर्ष २०७२÷०७३ मा २ सय ८ जना नयाँ विरामीको पहिचान भएका थिए भने २०७३÷०७४ मा २ सय १ र अर्थीक वर्ष २०७४÷७५ मा २ सय ९८ जना नयाँ विरामीको पहिचान भएको छ। २०७३÷७४ मा कैलालीमा मात्रै जम्मा जनसंख्याको एक प्रतिशत भन्दा माथी रहेकोमा आर्थिक वर्ष ०७४÷७५ मा पनि कैलालीमा विरामीको प्रतिशत वृद्धि भएको छ। २०७४÷७५ मा कञ्चनपुर र अछाममा पनि कुष्ठरोगीको संख्या एक प्रतिसत भन्दा माथि रहेको छ। तर २०७३÷७४ मा दुवै जिल्लामा एक प्रतिशत भन्दा कम रहेको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ रोग निरीक्षक मनोज ओझाले जानकारी दिए। 

नेपालमा २०६६ साल माघ ५ गते कुष्ठरोग निवारणको घोषण भएको थियो। प्रति १० हजार जनसंख्यामा १ भन्दा कम विरामी भएको अवस्थालाई निवारण भएको भन्ने बुझिन्छ। कुष्ठरोगीको संख्या वृद्धि हुदै गएको छ तर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाहरुको पनि निवारणमा सक्रियाता भने देखिएको छैन्। सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी सवै निकाय लागिरहेको भएपनि त्यसको न्युनीकरणका लागि विभिन्न प्रयासहरु भईरहेको जानकारी दिए। 

नेपाल सरकारले कुष्ठरोगी उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ भने पुर्ण रुपमा उपचार   सबै औषधी सेवन गर्नको लागि ७ दिन जति अस्पतालमा भर्ना हुनु प¥यो भने भत्ता स्वरुप एक हजार दिने व्यवस्था समेत गरेको छ। कुष्ठरोगीको उपचारका लागि सुदूरपश्चिममा कैलालीको सेती अञ्चल अस्पताल र पहाडी जिल्लाको लागि डडेल्धुराको उप–क्षेत्रीय अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाईएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस