बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ का ५६ वर्षीय डल्ले कामीलाई प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १८ लाख जरिवाना, पाँच दिन कैद भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पठाइएको छ।