धनगढीमा सरकार विरुद्ध तरुणदलको विरोध सभा हुने
नेपाली काग्रेसको भातृसंगठन नेपाल तरुणदल जिल्ला कार्य समिति कैललाीको आयोजनामा धनगढीमा सरकारका विरुद्ध विरोध सभा आयोजना हुने भएको छ। माघ ८ गते प्रदेश नम्बर १ बाट सुरु भएको सरकार विरुद्धको विरोध कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते हुने तरुणदल जिल्ला कार्य समिति कैलालीले पत्रकार सम्मेलनको आयोजना गरि जनकारी गराएको हो।
पत्रकार सम्मेलनमा तरुणदल कैलालीका अध्याक्ष दिपेन्द्र बमले बलियो प्रतिपक्षको झल्को दिने गरि सरकारले गरेका गलत निर्णयका विरुद्ध विरोध सभाको आयोजना गरिने बताए। माघ १४ गते ¥याली सहित विरोध सभाको आयोजना गरिने र प्रदेश नम्बर एक बाट सुरु गरिएको सरकार विरुद्ध विरोध गर्ने कार्यक्रम धनगढीमा समापन गरिने नेपाल तरुण दल कैलालीले जनाएको छ।