सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकले खोल्यो टिकटक अकाउन्ट

२०७८ चैत्र २, ०२:०८ खबर संवाददाता

काठमाडौंः छोटो भिडिओ पोस्ट गर्ने प्लेटफर्म टिकटकमा ठूला-ठूला कम्पनीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ। टिकटकको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालका अन्य प्लेटफर्मले पनि छोटो भिडिओ बनाउन मिल्ने फिचर थप गरेका छन्।

यसैबीच मेटाले फेसबुक प्रयोगकर्ताका लागि पनि छोटो भिडिओ फिचर ‘रिल्स’ सार्वजनिक गरेको छ। तर रिल्स सार्वजनिक भएको केही समय पनि नबित्दै फेसबुक आफैं टिकटकमा आएको छ। फेसबुकले टिकटकमा आफ्नो अकाउन्ट खोलेको छ। हुन त उक्त अकाउन्टमा फेसबुकले कुनै पनि भिडिओ पोस्ट गरेको छैन, तर अकाउन्टमा १८ लाखभन्दा बढीले फलो गरिसकेका छन्। हुन त यो भन्दा अगाडि पनि फेसबुकले आफ्नो नामको ट्वीटर अकाउन्ट खोलेको थियो, जुन अहिले हटिसकेको छ। तर कम्पनीको नामबाट खोल्ने हो भने त टिकटक अकाउन्टको नाम ‘मेटा’ हुनुपर्ने भन्ने धारणा पनि व्यक्त भएका छन्।

फेसबुक नाममा टिकटक अकाउन्ट खोल्नु पछाडिको कुनै कारण भने बाहिरिसकेको छैन। तर कम्पनीले यो अकाउन्ट साँच्चै नै फेसबुक अर्थात मेटाको नै हो भनेर भने स्वीकारी सकेको छ। फेसबुकका प्रवक्ताले सामाजिक सञ्जालका प्रयोगकर्ताबीच आफ्नो उपस्थिति जनाउन अकाउन्ट खोलेको बताएका छन्।

कमेन्ट लोड गर्नुस