कञ्चनपुरको वेदकोटमा ज्येष्ठ नागरिकलाई सम्मान
धनगढी : कञ्चनपुरको वेदकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। नगरपालिकाले मंगलबार ज्येष्ठ नागरिक मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दै ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो।
कार्यक्रममा पालिकाका १० वटै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सम्बन्धित वडाका वडाध्यक्षको सिफारिसमा प्रत्येक वडाका ५/५ जना ज्येष्ठ नागरिकलाई सल तथा दोसल्ला ओढाएर सम्मान गरिएको बताइएको छ।