सुदूर नेपाललाई विश्वसँग जोड्दै

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान, कति उमेरसम्मकाले दिन पाउँछन् ?

२०७८ चैत्र २, ०९:२१ खबर संवाददाता

काठमाडौं : लोकसेवा आयोगले स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो। 

मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ, तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ। १८ पूरा भई ४५ वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्।

 

कमेन्ट लोड गर्नुस