सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्ने : महान्त्री शर्मा

२०७८ चैत्र १, ०९:१५ रासस

खाँदबारी: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उनले बताए। 

नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निक्र्योल गरिने बताए। “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ”, उनले भने। स्थानीय तह निर्वाचनलाई लक्षित गरी  ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।

कांग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग समन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताए। चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उनले उल्लेख बताए। कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी नागरिलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको शर्माले बताए।  

कमेन्ट लोड गर्नुस