सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ४ लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७८ चैत्र १, ०४:३० खबर संवाददाता

धनगढी: कैलालीमा भन्सार छलीमा सामान बरामद गरिएको छ। मंगलबार जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणबाट खटिएको टोलीले अवैध सामान बरामद गरेको हो।

४ लाख ४ हजार १९६ बराबरका मोटरसाइकल, लेडिज कपडा, चस्माका सामान, चेकवाल, प्लाष्टिक, किराना सामान र होलीका सामान बरामद गरिएको गणले जनाएको छ। बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी र सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाएको छ। 

कमेन्ट लोड गर्नुस