सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा लागेको बाह्रराशि मकर मेलामा ४ लाख बढिले दर्शन गरेको दावी

२०७५ माघ १२, ०४:२३ जनक विष्ट

 कैलालीको गोदावरी धाममा गत पुष ३० गते देखी लागेको बाह्रराशि दर्शन मकर मेला सम्पन्न भएको छ। गोदावरी धाममा आयोजित विशेष कार्यक्रमका बिच शनिबार सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मकर मेलाको समापन गरेका हुन्।

प्रत्येक वर्ष कुनै न कुनै राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा आयोजना गरिएको बाह्र राशी दर्शन मकर मेला अवधीभर झण्डै चार लाख भन्दा बढिले दर्शन गरेको गोदावरी धाम विकास समितिले जनाएको छ।

गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मेला अवधीभर झण्डै चार  लाख बढि श्रद्धालु भक्तजनहरुले दर्शन गर्नुका साथै स्नान गरेको जानकारी दिए। मेला अवधी भर पाँच लाख श्रद्धालु भक्तजनहरुलाई गोदावरी भित्र्याउन लक्ष्य राखिएको भएपनि वर्षाका कारण प्रभावित भएको हो। गोदावरी धाम विकास समितिका अध्यक्ष जोशीले चार लाख श्रद्धालु भक्तजनहरुबाट भेटी स्वरुप मात्र ३ लाख संकलन भएको समेत जानकारी दिए। 

मकर मेला समापन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गोदावरी धाम विकास समितिले सुरु गरेको अभियान सराहनीय भएको बताए। उनले धामको संरक्षण सम्बद्र्धन र प्रचार प्रसारका लागि सबैजना एक भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए।  प्रदेश सरकारले समेत गोदावरी धामको संरक्षण सम्बद्र्धनका लागि विशेष खालको गुरुयोजना अघि बढाउने बताउदै मन्त्री सुवेदीले सामाजिक विकास मन्त्रालयका तर्फबाट बाह्र राशि मकर मेलाको सहयोग स्वरुप एक लाख ५१ हजार रकम दिने घोषणा पनि गरे। 

गोदावरी धाम विकास समितिका अध्यक्ष जोशीले मेला अवधीभर विभिन्न किसिमबाट सहयोग पु¥याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन्। गत पुष ३० गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेको बाह्र राशि दर्शन मकर मेला १२ दिन सम्म चलेको थियो। मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन भएका थिए। गोदावरी धाममा हरेक १२ बर्षमा कुम्भ मेला, ६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला आयोजना गरिदै आएको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस