सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतितोला ५००ले घट्यो सुनको मूल्य

२०७८ फाल्गुन ३०, ११:५३ रासस

काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५००ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ८००मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला एक लाख दुइ हजार ३०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस