डोकेबजार क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको नालीको निरीक्षण
अन्तराष्ट्रिय जैविक मार्गको घाँटी निमोठ्ने प्रयास
चार वर्ष अघि भारतको वन विभागले दुधुवा नेशनल पार्क संरक्षण गर्ने भन्दै कञ्चनपुरको पुनर्वासस्थित दशगजा नजिकै आफ्नै भूमिमा ट्रेन्ज खनेर तारबार लगाउने काम गरेकोमा फेरि त्यही प्रकृतिको काम दोहोरिएपछि नेपाली सरकारी अधिकारीले स्थलगत निरीक्षण गरेका हुन् । भारतीय वन विभागले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोके बजार नजिकै दशगजाबाट केही पर आफ्नो जङ्गल क्षेत्रमा ट्रेन्ज अर्थात खाल्डो खनेर तारबार लगाउने कामको स्थानीय वासिन्दाले विरोध गरेपछि र सञ्चार माध्यममा समाचार आएपछि नेपाली सरकारी अधिकारीहरुको आँखा खुलेको हो । नेपाल भारत सीमा क्षेत्रको गौरीफन्टा नाका र पुनर्वासको डोकेबजार स्थित सीमा स्तम्भ नम्बर १७१ देखि करिब २ किलोमिटरको क्षेत्रफलसम्म तारबार लगाउने काम भईरहेको अवस्थामा पाँच दिनपछि नेपाली अधिकारीहरु स्थलगत रुपमा त्यहाँ पुगेका हुन् ।
कञ्चनपुरका निमिक्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले वनका कर्मचारीहरु बिच छलफल हुने बताए । उनले भने, यो क्षेत्रमा निर्माण हुदै गरेको ट्रन्जका बिषयमा जानकारी थिएन्। सशस्त्रले हामीलाई जानकारी दिएको हो। काम रोक्न हामीले भारतीय पक्षलाई आग्रह गरेका छौ।
नेपाली पक्षसँग कुनै समन्वय नै नगरी भारतीय पक्षले नेपाली वस्तीलाई असर पर्ने हिसाबले ट्रेन्ज खन्ने काम भईरहेको भएपनि यसतर्फ नेपाली अधिकारीहरु मुखदर्शक बनेका थिए । तर स्थानीयको विरोध र सञ्चा।रमा माध्यमहरुमा समाचार आएपछि कञ्चनपुरका सरकारी अधिकारीहरु स्थलगत निरीक्षणमा आएका हुन् । कैलाली तर्फका वन र शसस्त्र प्रहरी अधिकारीहरुले निर्माण नगर्न आग्रह गरेपनि कञ्चनपुरका सरकारी अधिकारीहरु भने मौन रहेका थिए । सीमामा काम गर्दा जानकारी र सहमति हुनुपर्नेमा कुनै जानकारी नदिएर निर्माण गरिरहेको थाहा पाएपछि अव अधिकारीहरु पनि स्थलगत रुपमा डोजे बजार पुगेका हुन् र वन डिभिजन कार्यालय कञ्चनपुरका वन अधिकृत मोहनराज काफ्लेले भारतीय पक्षले निर्माण गर्न सुरु गरेको टे«न्जका बिषयमा नेपाली पक्षलाई जानकारी नरहेको बताए।
भारतीय वन विभागले आफ्नो जंगल क्षेत्र संरक्षण गर्ने भन्दै ट्रेन्ज खनिरहेको भनेको छ । आफ्नो नेशनल पार्कका जनावर भाग्नबाट जोगाउन र काठ तस्करी रोक्न ट्रेन्ज खनेको बताईरहेको छ । यसले सीमामा वस्ती भएकोले सो क्षेत्रमा टे«न्ज खनिरहेको दावी नेपाली अधिकारी सामु पनि अडान कायमै राखेका थिए । भारतकोवन विभागका रेञ्जर मनोजकुमार मरियाले टे«न्ज निर्माणको बिषयले नेपाल र भारतको सम्बन्धमा कुनै प्रकारको असर पर्नु नहुने बताए। उनले डोकेबजार क्षेत्रमा टे«न्ज निर्माणले वन्यजन्तुलाई कुनै असर नपर्ने बर्ता। उनले भने, डोकेबजार क्षेत्रमा पसलहरु छन्। यो क्षेत्रबाट वन्यजन्तुहरु ओहोर–दोहोर गर्दीनन्। दुई किलोमिटरमा टे«न्ज निर्माण गर्ने योजना हो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि कुनै असर नहुने उनले बताए।
नेपाल भारत सीमा क्षेत्रमा अन्तराष्ट्रिय कुटनैतिक मर्यादा विपरित काम गरिरहेको जानकारहरु बताउँछन्। अन्तराष्ट्रिय जैविक महासन्धी अनुसार जैविक मार्गमा जनावारलाई रोक्न र थुनछेक गर्न नपाउने भनिएको छ । तर भारतीय पक्षले जैविक महासन्धीको घाँटी निमोठ्ने गरी निर्माण गरिरहेको नाली र तारवार लगाउन नपाउने संरक्षण्कर्मीहरु बताउँछन् । लालझाडी मोहना जैविक मार्ग समन्वय परिषद्का अध्यक्ष राजवहादुर ऐरले वन्यजन्तुको ओहोर–दोहोरमा समस्या हुने बताए। उनले भने, यो अन्तराष्ट्रिय नीति विपरीत हो।
कञ्चनपुरको डोके बजारमा भारतीय पक्ष एकलौटी निर्माण गरिरहेको नाली तारबारको अवस्था वारे नेपाली सरकारी अधिकारीहरुले स्थलगत निरीक्षण गरिएको छ । अन्तराष्ट्रिय नियम अनुसार दशगजा क्षेत्रमा कुनै पनि काम गर्नका लागि दुवै देशको सहमति अनिवार्य हुनुपर्ने भएपनि नेपाली पक्षलाई जानकारी नदिएर भारतले नाली र तारवार लगाएपछि नेपाली अधिकारीहरुले स्थलगत अध्ययन गरेका हुन् । नेपाली पक्षले काम रोक्न आग्रह गरेपछि केही दिनका लागि रोकिए पनि भारतीय पक्षकोआफ्नो अडान भने कायमै रहेको छ । भारतीय वन अधिकारीका उच्च पदस्थ वन अधिकारी नआएका कारण नाली खन्ने काम र तारवार लगाउने काम केही दिनका लागि मात्रै रोकिने भएको छ । यो सधैंका लागि रोक्नका लागि भारतीय उच्च वन अधिकारीहरुसँग नेपाली पक्षको सहमति आवश्यक देखिएको छ । तर अन्तराष्ट्रिय जैविक मार्गको घाँटी निमोठ्ने प्रयास भईरहेको संरक्षणकर्मीले आरोप लगाएका छन् ।