सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेरी नदीमा नुहाउने क्रम तीन बालबालिका बेपत्ता

२०७८ फाल्गुन २८, ०८:३१ खबर संवाददाता

वीरेन्द्रनगर: भेरी नदीमा नुहाउने क्रममा तीन  बालबालिका बेपत्ता भएका छन्। सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन्। 

शनिबार साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीय गङ्गा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्। 

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस