सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेता पक्राउ

२०७८ फाल्गुन २८, ०५:१० रासस

कराँची: पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ। पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज ९पिएमएल—एन० का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो।

उहाँलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् नेता खान विमान चढेर भागेर संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। 

उनलाई भ्रष्टाचारको आरोप लगाउदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो। पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरुको भनाई छ। 

कमेन्ट लोड गर्नुस