सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सिंहको बढुवा, बने सशस्त्रको डिआईजी

२०७८ फाल्गुन २८, १२:२५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी घर भएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मणबहादुर सिंहको बढुवा भएको छ। गृह मन्त्रालय बढुवा समितिको सचिवालयले फागुन २७ गतेको निर्णयबाट सिंहलाई बढुवा गरेको हो।

२०५५ सालमा बारा जिल्लाबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका सिंह सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा भएका हुन्। सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजीहरु मन्दीप श्रेष्ठ, खड्गजीत राई तथा प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएका थिए। 

उक्त पदका लागि एसएसपीहरु लक्ष्मणबहादुर सिंह, विदुर खड्का, प्रदीपकुमार पाल, कृष्णराज पाठक लगायत प्रतिस्पर्धी थिए। सशस्त्रको बढुवा समितिले फागुन २७ जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेका डीआईजी पदमा धनगढीको वडानंः २ घर भएका सिंहलाइ डिआइजीमा बढुवा गरिएको हो।

कमेन्ट लोड गर्नुस