सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित छ : कार्यवाहक प्रधानमन्त्री पोखरेल

। फोटो स्रोत ।
२०७५ माघ ११, ०३:१९

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताएका छन्। 
कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अब आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई अघि बढाएको पनि स्पष्ट पारे। शुक्रबारबाट काठमाण्डौमा सुरु भएको दक्षिण एसियाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उनले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन, कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको जगमा संघीयता, समावेशितालगायतका सिद्धान्तलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने पनि बताए। उनले बोक्सी, दाइजोलगायतका सामाजिक कुरीतिविरुद्ध अभियान नै सञ्चालन गरेर अघि बढने योजना पनि अघि सारे। कार्यवाहक प्रधानमन्त्री पोखरेलले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न महिलाहरुको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए। २ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली क्षेत्रमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस