महाकालीमा निर्माणाधीन तटबन्धको विरोध, भारतले काम नरोके आन्दोलन
२०७८ फाल्गुन २७, ०२:२२
धनगढीः दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्ने गरी निर्माण भइरहेको तटबन्ध रोक्न त्यहाँका स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएका छन्। बिहिबार महाकाली–४ का स्थानीयले भारतले नदीमा निर्माण गरिरहेको तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्।
एकतर्फी तटबन्ध निर्माण कार्य नरोके आफूहरु आन्दोलनमा उत्रिने स्थानीयहरुले बताएका छन्।
कमेन्ट लोड गर्नुस