युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज सकुशल चीन पुगे
२०७८ फाल्गुन २६, ०४:३९
बेइजिङ: युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन्। बिहान ८:०२ मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११:१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेको जनाइएको छ।
यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन्।
कमेन्ट लोड गर्नुस