सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज देशभर मौसम बदली

। फोटो स्रोत ।
२०७५ माघ ११, १०:५२

शुक्रबार देशभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।
पश्चिमी वायुको प्रभावले अहिले पश्चिममा पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार यसकै प्रभावले शुक्रबार देशका धेरै ठाउँमा पानी पर्नेछ भने उच्च पहाडी क्षेत्रमा हिमपात पनि हुनेछ। यो प्रणाली सक्रिय भएकाले शुक्रबार देशभरी कै मौसम खुल्ने संभावना नभएको पनि उनले जानकारी दिए। 
मंगलबार र बुधबार देशभरी नै पानी पारेको प्रणाली निस्क्रिय भएपछि बिहीबार काठमाण्डौसहित पूर्वको मौसम खुलेको थियो। तर शुक्रबार फेरि अर्को प्रणाली आएकाले अको एकदुई दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन भने केही ठाउँमा वर्षा र हिमपात हुने मौसमविद् अर्यालको अनुमान छ। 

कमेन्ट लोड गर्नुस