सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति घरमा आगो लाग्दा सुतेकै ठाउँमा मृत्यु

२०७८ फाल्गुन २५, ०२:२३ खबर संवाददाता

काठमाडौँः बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ९ खैरेनीमा घरमा आगो लाग्दा भित्र सुतिरहेका बालकको मृत्यु भएको छ। बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार स्थानीय सानु चौधरीको टिनले छाएको दुईकोठे एकतले कच्ची घरमा मंगलबार राति १० बजे अचानक आगलागी भएको हो। त्यस क्रममा भित्र सुतिरहेका उनका छोरा १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको हो। 

उनका अनुसार सानु चौधरीका पत्नी र छोरी छिमेकीको घरमा गएकाले घरमा दिनेश चौधरी मात्र थिए। घटनाबारे खबर आएपछि प्रहरी चौकी (कतर्नियाघाट) र इलाका प्रहरी कार्यालय (मोतिपुर) बाट गएका प्रहरी टोलीले स्थानीय, र दमकलको सहयोगमा १०ः५० बजे आगो नियन्त्रणमा लिएका थिए। 

तर भित्र रहेका दिनेश चौधरी जलेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव बर्दिया अस्पताल गुलरिया लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस