सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

२०७८ फाल्गुन २४, ०४:२० रासस

आयोवा [अमेरिका): अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। सीएनएनले  जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ।
 

कमेन्ट लोड गर्नुस