युक्रेनको संकटः सूमीमा हवाई हमला बढ्यो, ९ को मृत्यु
काठमाडौंः युक्रेनको सूमीमा भएको बमबारीमा ९ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएफपीले उद्धारकार्यमा संलग्न अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो।
सूमीमा जारी हवाई बमबारीका कारण थुप्रै घर ध्वस्त भएका छन् भने एक भवनमा भयानक आगलागी भएको छ। यसै हमलामा ९ जनाको मृत्यु भएको छ जसमा दुई बच्चा पनि समावेश छन् । हमलामा एक महिला घाइते भएकी छिन्। सूमी त्यहि इलाका हो जहाँ करिब ७ सय भारतीय विद्यार्थी फसेका छन्। किभको पश्चिमस्थित ज्योतिमिरको चेरनियाखिवको एक तेल डिपोमा लागेको आगो मंगलबार बिहान निभाइएको छ।
पूर्वी युक्रेनको खारकिभमा जारी रुसी हमलामा एक ९ तले भवनमा आगलागी भएको छ। यो आगो निभाउन करिब चार घण्टाभन्दा बढी समय लाग्यो। यस्तै, चार जनाको मृत्युको खबर पनि छ।