सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी प्याब्सन कप शुक्रबारदेखि

२०७८ फाल्गुन २४, ०३:४७ खबर संवाददाता

धनगढीः मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। धनगढी प्याब्सनको आयोजना हुन लागेको प्रतियोगिको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्नेछन्।

यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया प्राप्त गर्नेछन्।

धनगढीको संघीय प्रहरी कार्यलयको मैदानमा हुने प्रतियोगितामा एररिस्टो इङ्लिस बोर्डिङ्ग हाई स्कुल, सारदा विद्या निकेतन, ग्यालक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्लिी एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ्ग हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ्ग स्कुल छन्।

यस्तै, सारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योती इङ्लिस बोर्डिङ्ग स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ्ग स्कुल, स्टेजिपङ्ग स्टोन इङ्लिस बोर्डिङ्ग स्कुल, थ्री स्टार बोर्डिङ्ग स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

कमेन्ट लोड गर्नुस