अछाममा चट्याङ्ग लागेर १८ जना घाईते, ७ जनाको अवस्था गम्भीर
अछाममा चट्याङ्ग लागेर १८ जना घाईते भएका छन । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ मा परेको चट्याङ्ग लागेर एकै टोलका १७ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते हुनेमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ की ३५ बर्षिया रामकला रावल, ३५ बर्षिय धन बहादुर रावल, १६ बर्षीया वसु कामी, सोही वडाका ४० बर्षीया जयसरा देवी कामी, ४० बर्षीया धर्मा देवी रावल, १२ बर्षीया धिर्गा रावल र सोही वडाकी २२ बर्षिया भावना सुनार रहेका छन । यस्तै अन्य घाईते हुनेमा वडा नम्बर ७ का ४५ बर्षिया टेकबहादुर बटाला, सोही स्थानका १८ बर्षिया सिर्जना बटाला, १९ बर्षिया धिर्जा बटाला, २५ बर्षिया भावना बटाला रहेका छन । यसैगरी सोही स्थानका २२ बर्षिया मनसरा कामी, २१ बर्षिया कमला कामी, ७९ बर्षिय दिर्केश रावल, सोही स्थानका १३ बर्षिया दिपु कामी र ५० बर्षिया मनादेवी कामी रहेका छन । यस्तै मंगलबार परेको चट्याङ्ग लागेर बान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ५ की १४ बर्षिया राधिका रावल पनि घाईते भएकी छिन् । उनको अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।