सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा हिमपातले जनजीवन कष्टकर, यातायात र विद्युत अवरुद्ध

२०७५ माघ १०, ०४:०३ सीपी लोहीया

लगातार ३ दिन सम्म परेको हिमपातले बैतडी, बझांङ र डडेल्धुरामा राजमार्ग अवरुद्ध भएका छन्। मंगलबार र बुधवार भएको भारी हिमपातले सडकमा बाक्लो हिउँ जमेकाले दशरथचन्द राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसैबिच सोमवार रातीको हावाहुरी र हिमपातले बैतडीमा विगत ४ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ।

हावाहुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाईनमा रहेका तारहरु टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। जिल्लामा सञ्चालित रेडियो प्रसारणमा समस्या हुनुका साथै अन्य विद्युतबाट सञ्चालन हुने कामकाज पनि प्रभावित भएका छन्।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस