सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

२०७८ फाल्गुन २४, ०५:५७

बेइजिङ : चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउन आग्रह गरेका छन्।

चीन र संयुक्त राज्य अमेरिकाले 'प्रतिस्पर्धी-सहयोगी-विपरीत' (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सह-अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ। विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनियामा दुई देशहरूले कसरी अगाडि बढ्ने भन्ने सही बाटो पत्ता लगाउनुपर्ने र एकसाथ मिलेर मानवताका लागि काम गर्नेमा जोड दिएका छन्। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस