सुदूरपश्चिममा एक सय ५१ ओटा स्वास्थ्य चौकी निर्माण हुदै
एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा १ सय ५१ ओटा स्वास्थ्य चौकी निर्माण हुने भएका छन। विपन्न नागरिकलाई पनि स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनको लागि स्वास्थ्य संस्थाहरुको सुदृढीकरण एवम् स्तर वृद्धि गरी “एक वडा एक स्वास्थ्य चौकी, एक स्थानीय तह, एक अस्पताल” का लागि नीतिगत र संरचनागत रुपमा काम गर्ने बताए संगै सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा १ सय ५१ ओटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने भएका हुन। भौतिक पुर्वाधार मन्त्रालय अन्तरगतको सहरी विकास तथा भवन निर्माण कार्यालयलाई काम सुरु गर्न अख्तियारी दिईसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। तर भवन निर्माण गर्ने सहरी विकास तथा भवन कार्यालयलाई भने यस वारेमा जानकारी दिईएको छैन।
एक स्थानीय तह एक अस्पतालको नितिलाई कार्यान्वयनको चरणमा लैजान ढिलाई भईरहेका बेला एक वडा एक स्वास्थ्य चौकीको लागि कार्ययोजना बनाईको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला महाशाखाले कार्ययोजना बनाई प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पठाईसकेको छ। संघिय सामान्य प्रशासन मन्त्रालयले निर्माण हुने भवनहरुको डिजाईन स्टमेट सहित लागतको पनि अनुमान गरि बजेट समेत विनियोज गरेर सामाजिक मन्त्रालयलाई पठाएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले काम अगाडी बढाउनको लागि भौतिक पुर्वाभार मन्त्रालय मतहतको सहरी विकास तथा भवन निर्माण कार्यालयलाई स्वकृति दिईसकेको बताएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार माघ महिना भित्रै सहरी विकास तथा भवन निर्माण कार्यालयले काम सुरु गर्ने र कुन ठाउँमा कस्तो भवन निर्माण गर्ने, जग्गाको निषयमा स्थानीय तहसंग समन्वय गर्ने र कुन ठाउँमा कस्तो समस्या छ भनेर पत्ता लाग्ने भएको छ। दुई प्रकारको रुपमा निर्माण हुन लागेका स्वास्थ्य चौकीको लागिसरकारले बजेट समेत विनियोजन गरि सकेको छ। सुदूरपश्चिममा १ सय ५१ ओटा मध्ये २९ ओटा प्रसुती केन्द्र सहितका निर्माण हुने भएका छन भने १ सय २२ ओटा सामान्य प्रकारका स्वास्थ्य चौकी निर्माण हुने भएका छन। सामान्य स्वास्थ्य चौकी सम्बन्धित वडाको ७ हजार जनसंख्या २ सय ८६ वर्ग मिटर जग्गा र अनुमानित करिव ३९ लाखको लागतमा निर्माण हुनेछ भने प्रसुती सहितको स्वास्थ्य चौकी ७ हजार भन्दा बढी जनसंख्य ५०९ वर्ग मिटर जग्गा र अनुमानित ६४ लाखको लागतमा निर्माण हुने भएको छ।
नेपाल सरकारले गरेको निर्णय अनुसार भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माढा कार्यालयलाई तिन किस्ता गरी रकम दिईनेछ। पहिलो किस्तामा ४० प्रतिशत दिने भएको छ भने दोस्रो र तेस्रो किस्तामा ३०–३० प्रतिसत रकम दिने भएको छ। नेपाल सरकारले सुदुरपश्चिमा मात्र नयाँ स्वस्थ्य चौकी निर्माण गर्नको लागि ६५ करोड ८२ लाख ५६ हजार ५ सय १० बजेट विनियोजन गरेको छ भने अपुग भएको बजेट सम्बन्धित स्थानीय तह व्योहोर्ने भएको छ। सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी बझङमा ४२ ओटा नया स्वास्थय चौकी निर्माण हुने भएका छन भने कैलालीमा २८, कञ्चनपुरमा ७ डडेल्धुरामा ३, डोटीमा १०, अछाममा १६, बाजुरामा ३९, बैतडीमा २ र दार्चुलामा ४ ओटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने भएका छन भने प्रसुती सहितका स्वास्थ्य चौकी कैलालीमा २५ र कञ्चनपुरमा ४ ओटा निर्माण हुने भएका छन। तर सामाजिक विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण कार्यालयलाई काम गर्ने स्वकृति दिईसकेको दावी गरेपनि शहरी विकास तथा भवन निर्माण कार्यालयले भने आफुसँंग कुनै त्यस्तो पत्र नआएको जनाएको छ ।