सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा काँग्रेस अधिवेशनः दोस्रो चरणको मतदान जारी

२०७८ फाल्गुन २३, ०२:०१ खबर संवाददाता

अछामः नेपाली काँग्रेस अछाम सभापतिका लागि आज दोस्रो चरणको मतदान जारी छ। पहिलो चरणको चुनावमा तीनै उम्मेदवारको ५० प्रतिशत नआएपछि  सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको हो।

सभापतिका लागि पुष्प शाह र भरतकुमार स्वाँर चुनावी मैदानमा छन्। यसअघिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट्रै बाहिरिएका छन्।

मतदानको समय चारबजेसम्म तोकिएको निर्वाचन समितिलेजनाएको छ। यसअघि पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए।

कमेन्ट लोड गर्नुस