सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसले युक्रेनका स्वास्थ्य संस्थामा पनि आक्रमण गरिरहेको छ :विश्व स्वास्थ्य सङ्गठन

डब्ल्यूएचओ प्रमुख
डब्ल्यूएचओ प्रमुख
२०७८ फाल्गुन २२, ०७:४५ खबर संवाददाता

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण भइरहेको बताएको छ। डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले रुसी फौजले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण गरिरहेको बताउनुभएको रोयटर्सले जनाएको छ। उनले आक्रमणबाट युक्रेनको स्वास्थ्य प्रणालीमा गम्भीर असर गर्ने चेतावनी पनि दिएका छन्।  

युक्रेनकी एक उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्न्याले पनि रुसी सेनाले युक्रेनी सहरहरूका अस्पताल र शिशु कक्षहरूमा गोलाबारी गरेका बताभएको बीबीसीले जनाएको छ। 

यसैबीच युक्रेनको मरिपोलमा फेरि युद्धविराम घोषणा भएको छ। स्थानीय समयअनुसार आइतवार बिहान १० बजेदेखि राती ९ बजेसम्मका लागि युद्धविरामको घोषणा भएको बीबीसीले जनाएको छ। हिजो युद्धविरामको सहमति भएको केही समयमै रुसले बमबारी गरेपछि मरिपोलमा फसेका सर्वसाधारणको उद्धार कार्य रोकिएको थियो। 

स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि निर्धारित बाटो हुँदै सर्वसाधारण सहरबाट बाहिरिन सक्ने रुसी सेनाले जनाएको छ। 

तर समय सुरु भएको एक घण्टासम्म पनि सर्वसाधारणको उद्धारमा समस्या भइरहेको युक्रेनका अधिकारीहरूले बताएका छन्। एक घण्टादेखि प्रयास गर्दा पनि बस र कारहरू अघि बढ्न नसकेका बीबीसीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस