सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्रः सुवास नेम्वाङ

२०७८ फाल्गुन २२, ०४:४५ खबर संवाददाता

काठमाडौंः नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन्। आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताए।

‘उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ उनले भने। संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको नेम्वाङले बताए। ‘उहाँहरुले अहिले किन यस्तो सोचाइ ल्याइरहनुभएको छ ?’ उनले प्रश्न गरे।

कमेन्ट लोड गर्नुस