सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा समाजवादी नेता साउँदसहित १५६ जना एमालेमा प्रवेश

२०७८ फाल्गुन २२, ०८:४८ खबर संवाददाता

धनगढी : बैतडीमा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य हजारी साउँदसहित १५६ जनाले एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमालेले शनिबार शिवनाथ गाउँपालिकामा कार्यकर्ता भेलाको आयोजना गरेको थियो। भेलाबाट १५६ जनाले पार्टी प्रवेश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए। उनका अनुसार एकीकृत समाजवादीको सिंगो गाउँपालिका कमिटि एमाले प्रवेश गरेको हो। यस्तै नेपाली काँग्रेसबाट पनि २६ जना एमालेमा प्रवेश गरेको भण्डारीले बताए। 


 

कमेन्ट लोड गर्नुस