मोटरसाइकल चेक गर्दा कोठामा बन्दुक र एअर गन फेला
धनगढीः ललितपुर महानगरपालिका–१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचनलाई प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध र बन्दुक फेला परेको छ। चाकुपाटमा खटिएको प्रहरी टोलीले शेरचनले हाँकिरहेको बा ५ प ५०१० नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा उनको साथबाट ३ ग्राम सेतो लागुऔषध आइस फेला पारेको थियो।
अनुसन्धानको क्रममा प्रहरीले उनको डेराकोठा तलासी गर्दा थप १० ग्राम उक्त लागूऔषध र भरुवा बन्दुक र एयर गन फेला पारेको हो। उनीविरुद्ध जिल्ला अदालत ललितपुरबाट हिजो ५ दिनको म्याद थपेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।