सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिया मस्जिदमा बम विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

२०७८ फाल्गुन २०, ०५:५१ खबर संवाददाता

काठमाडौँः पाकिस्तानको पेसावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ।

विस्फोटमा परी दर्जनौं घाइते भएका छन्। उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको बीबीसीले जनाएको छ।

कमेन्ट लोड गर्नुस