सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका वामपन्थीहरू खामपन्थी भएः चित्रबहादुर केसी

२०७८ फाल्गुन २०, ०४:४४ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका वामपन्थी -कम्युनिस्ट_ दलहरू खामपन्थी बन्दै गएको टिप्पणी गरेका छन्। अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा केसीले कम्युनिस्ट खोल ओडेका नेताहरूले एमसीसीमा राष्ट्रघात गरेको आरोप लगाएका हुन्।  

‘२००७ सालदेखि वामपन्थीले देश र राष्ट्रियताको पक्षमा आन्दोलन गर्दै आएका थिए,’ केसीले भने, ‘अहिले घुँडा टेके, एकातिर एमसीसी खारेज गर्नुपर्छ भनेर पार्टी कार्यकर्तालाई जुलुस निकाल्न लगाए, अर्कातिर व्याख्यात्मक घोषणाको नाममा एमसीसी पास गरे।’
 

कमेन्ट लोड गर्नुस