सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्टलाई २१ किलोको माला

२०७८ फाल्गुन १९, ०८:३८ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उद्धघाटन कार्यक्रममा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको माला लगाएको छ।

उद्घाटनमा मुख्यमन्त्री भट्टलाई २१ किलो, कृषिमन्त्री विनिता चौधरी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीलाई ११/११ किलोको माला लगाएको छ। यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई पनि ११/११ किलोको माला लगाइएको छ।

कमेन्ट लोड गर्नुस