सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली काँग्रेस अधिवेशनः मतदान जारी, कति खस्यो मत ?

२०७८ फाल्गुन १९, ०१:१६ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि बिहीबार (आज) दोस्रो चरणको मतदान जारी छ। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।

कैलाली उद्योग वाणिज्य संघमा मतदान भैहरेको निर्वाचन समितिले जनाएको छ। जम्मा मतदाता सँख्या २५७२ रहेकोमा अहिलेसम्म १७०० मत खसेको बताइएको छ। अहिले पनि मतदा न जारी रहेको बताउँदै आजै मतदान सकिने जनाइएको छ। पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए। सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। तर, कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुदैछ। 

यता, डा शेखर कोइरालानिकट उम्मेदवार कलेलले भने दोस्रो चरणमा बमलाई समर्थन गर्ने भएका छन्। कलेलले बुधबार पत्रकार सम्मेलनमार्फत आफूले बमलाई सभापतिमा समर्थन गर्ने घोषणा समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस