कैलालीमा डेढ क्विन्टल माछाका भुरा बरामद
धनगढी : कैलालीमा १५० किलो माछाका भुरा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले माछाका भुरा बरामद गरेको हो।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित पूर्वश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २०२–०३–००१–च २४५ नम्बरको पिकअप जिपलाई चेकजाँच गर्र्दा १५० किलो मंगुर जातको माछाको भुरा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
चालक जिल्ला सर्लाही ईश्वारपुर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय निर्मल कुमार सहनीले चलाएको जिपबाट बरामद गरिएका नेपालमा प्रतिबन्धित माछालाई बरामद गरि नष्ट गरिएको प्रहरीले बताएको छ।