सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद् भवन अगाडि प्रेसर कुकर राख्ने पक्राउ

२०७८ फाल्गुन १८, ०२:३४ खबर संवाददाता

काठमाडौँः सोमबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन्। सोमबार बानेश्वरको मुख्य सडकमा जनमानसमा त्रास उत्पन्न गराउने उद्धेश्यले प्रेसर कुकर राखेको आरोपमा काभ्रेका २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको हो।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार महतलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको हो। उनी अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको एसपी कोइरालाले जानकारी दिएका छन्। महतसँग मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

त्रास फैलाउनका लागि बम भन्दै सडकमा खालि कुकर राखिएको थियो।

कमेन्ट लोड गर्नुस