सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा ४४० आम नागरिक मारिए: राष्ट्रसंघ

२०७८ फाल्गुन १७, ०६:३२ रासस

नैरोबी: दक्षिण सुडानमा विभिन्न समुहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ। गत बर्षको जुन र सेप्टेम्बरको बीच उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ।

भिडन्तका क्रममा धेरै मानव अधिकार उलंघन भएको पनि राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन्। सुडानमा भएको हिंसात्मक घटनाका बारेमा सुडानमा खटिएको राष्ट्रसंघीय मिसन युएनमिस र राष्ट्रसंघीय मानवअधिकार कार्यालयले संयुक्त रुपमा तयार पारेको प्रतिवेदन अहिले सार्वजनिक गरिएको हो। 

कमेन्ट लोड गर्नुस