सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप १ जनामा कोरोना पुष्टि

२०७८ फाल्गुन १७, ०४:३३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ६९१ जनाको एन्टिजेन र २८ जनाको पीसीआर परीक्षण गर्दा आज १ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार प्रदेशमा ७०४ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये १२ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस