सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनमा विश्वकै ठूलो विमान जल्यो

२०७८ फाल्गुन १६, ०४:१८ खबर संवाददाता

धनगढीः रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ। विश्वकै ठूलो जहाज मानिएको एएन–२२५ मिरियालाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिकै क्षति पुर्याएको त्यहाँका विदेशमन्त्री दिमित्रो कुलेवाले बताएका छन्।

मस्कोले युक्रेनमाथि आक्रमण गरेको पाँचौं दिन कुलेबाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त खुलासा गरेका हुन्। उनले लेखेका छन्, ‘एएन–२२५ मिरिया संसारकै सबैभन्दा ठूलो विमान थियो।’ मिरियाको अर्थ स्थानीय भाषामा ‘सपना’ हो। युक्रेनको एरोनटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियालाई विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज मानिन्छ। रुसी सेनाको गोलाबारीपछि किभ बाहिरको हस्टोमेल एयरपोर्ट नजिकै उक्त जहाज जलेको हो।

कमेन्ट लोड गर्नुस