कैलाली काँग्रेस अधिवेशन : १४०८ मतगणना हुँदा कसको कति मत ?
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत मतगणना जारी छ। जिल्ला सभापतिमा प्रकाशबहादुर बमले अग्रता कायमै राखेका छन्। पाँच सय मतगणना गर्दा पनि बमले अग्रता कायमै राखेका हुन्।
बमले ६३०, नारायणदत्त भट्टले ५८८ र रामबहादुर कलेलले १५९ मत पाएका छन्। ३५ मत बदर भएको छ। आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगाणना भइरहेको छ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा १८ गते मतदान हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए। आइतबार भएको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले सहभागीता जनाएका थिए।