सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसी अनुमोदनको विरोधमा दार्चुलामा प्रदर्शन

२०७८ फाल्गुन १६, ०१:४० खबर संवाददाता

दार्चुलाः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि दार्चुलामा विरोध प्रदर्शन थालिएको छ। सोमबार जिल्लाका विभिन्न स्थानहरुमा प्रदर्शन सुरु भएको हो। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्बद्ध युवा संगठनले दार्चुला र बैतडीको सिमाक्षेत्र शैल्यशिखर नगरपालिका ९ र गोकुलेश्वर बजारमा एमसीसी सम्झौताको खारेजी माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। 

प्रदर्शनमा उनीहरुले टायर बाल्दै ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए।

कमेन्ट लोड गर्नुस