सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ फाल्गुन १५, ०६:११ खबर संवाददाता

काठमाडौंः विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।

क्यानडा पठाइ दिने भन्दै नक्कली कागजातसमेत दिई ठगी गरको आरोपमा धनुषाको जनकनन्दनी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–८ स्थित गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।

कापरले सर्लाही ब्रम्हपुरी गाउँपालिका–६ घर भई हाल ललितपुर बालकुमारी बस्दै आएका अरबिन्द कुमार साहलाई १२ लाख २० हजार मिलाइदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस