बैतडीमा एक पुरुष मृत फेला
२०७८ फाल्गुन १५, ०५:५५
बैतडीः बैतडीमा एक पुरुष मृत फेला परेका छन्। आइतबार जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिम गोरङ बस्ने ४५ वर्षीय गणेश बिष्ट चौकाधार भन्ने स्थानमा मृत अवस्थामा फेला परेका हुन्।
गत शुक्रबार उनी घरबाट दोगडाकेदार गाउँपालिका १ को वडा कार्यालयमा काम विशेषले गएका थिए। तर, उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको थियो।
कमेन्ट लोड गर्नुस