सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर एमाले उपाध्यक्ष पाण्डेले भने – सरकार र गठबन्धनको छिनोफानो हुन्छ

२०७८ फाल्गुन १५, ११:४५ खबर संवाददाता

धनगढीः पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलिसम्ममा सरकार र गठबन्धनको छिनोफानो हुने बताएका छन्।

एमालेलले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुगेका पाण्डेले पत्रकारसँगको कुराकानीमा एमसीसीका कारण सत्तारुढ गठबन्धन भत्किने अवस्था सिर्जना भएको बताए।

‘संसदबाट एमसीसी पारित हुने र गठबन्धन फरक–फरक कुरा हुन् तर अहिलेको अवस्थामा गठबन्धन रहने/नरहने विषय एउटै बन्न पुुगेको देखिन्छ’ पाण्डेले भने, ‘आज वा ढिलोमा भोलिसम्म गठबन्धन र सरकारको छिनोफानो हुुन्छ।’

एमाले नेपाली काँग्रेससँग गठबन्धन गरेर सरकारमा जान्छ ? भन्ने प्रश्नमा पाण्डेले आफूहरू सरकारमा दाबी नगर्ने बताए। तर काँग्रेससँग सहकार्य भएमा सहमतिमा प्रदेश सरकारका बारेमा सोच्न सकिने उनले बताए।
 

कमेन्ट लोड गर्नुस