सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छिमेकीमाथि बन्चरो प्रहार गर्ने एक जना पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ फाल्गुन १५, ०७:५१ खबर संवाददाता

धनगढी : कैलालीमा छिमेकीमाथि बन्चरो प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चुरे गाउँपालिका-६ आमपानीका २८ वर्षीय लालबहादुर बोहराले छिमेकीमाथि बन्चरो प्रहार गरेका प्रहरीले बताएको छ।

उनले आफ्ना छिमेकी ३५ वर्षीय प्रकाश ढाँटलाई सामान्य घरायसी विवादमा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका पवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बन्चरो प्रहारबाट घाइते भएका ढाँटको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बन्चरो प्रहार गर्ने बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।  

कमेन्ट लोड गर्नुस