१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या
धनगढी: १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६३ वर्षीय दिपक गिरी रहेका छन्। लेटाङ नगरपालिका ८ ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरी ती वृद्धलाई प्रहरीले पक्राउ गरेको हो।
मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि ती बालिकाको हत्या गरेको बताए।
उनका अनुसार वृद्धले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्। थप अनुसन्धान भयरहेको प्रहरीले बताएको छ।